काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको र १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको जनाएको छ ।
बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले ती विद्यालयबाट प्रति विद्यालयका दुई जना सहभागी हुने गरी ३ दिने तालिमको आयोजना गर्न लागेको जनाएको छ ।
प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने सम्झौता भएअनुसार तीन दिने तालीम दिन लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको संख्याअनुसार तालीमको समय र स्थान छनोट गरिने बताउनुभयो ।
प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार ७ : १५ बजे
प्रतिक्रिया