देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाग्लुङ घटनामा संलग्न पाँचजना पक्राउ

पोखरा । बाग्लुङको बडिगाड गाउँपालिकामा होली मनाउने क्रममा भएको झडपमा दुइजना युवाको ज्यान गएको घटनामा सोधपुछको लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

यो घटनालाई बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले प्रत्यक्ष अनुसन्धान गरिरहेको बताएका छन् ।  उनका अनुसार ५ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले घटना भएको चारदिनपछि उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ३ : ५८ बजे