‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘इतिहासमै सबैभन्दा ठूलो काम भएको छ, सरकारलाई सलाम’

काठमाडौँ । सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारबाट इतिहासमै नभएको काम भएको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै चौधरीले सरकारलाई सलाम गर्नुपर्ने बताउनुभएको हो ।

विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको सन्दर्भ उठाउँदै चौधरीले सरकारबाट इतिहासकै ठूलो काम भएको बताउनुभएको हो । ‘सरकारले गरेका काम हामीले देख्नै छाड्यौँ । हामीले राम्रा कामको बारेमा त बोल्नै पर्‍यो नि’, उहाँले भन्नुभयो ।

चौधरीले मेलम्चीको पानी काठमाडौँ झरेको, सुरुङ मार्ग को निमार्ण, कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको र विद्रोही समूहलाई शान्तिप्रक्रियामा ल्याएको भन्दै राम्रा कामका बारेमा सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ४२ बजे