‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुख्यमन्त्री पौडेल र राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं ।  नेकपा एमालेका प्रदेशसभा सदस्यहरुलेबागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुभएको छ । 

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुभएको हो ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल(नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।


 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : १९ बजे