‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालको कूल गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.७  प्रतिशतले वृद्धि हुने प्रक्षेपण  गरेको छ ।  विश्व बैंकले सन् २०२३ मा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले  पुनर्उत्थान हुने पनि जनाएको छ ।

विश्व बैंकले दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने आंकलन गरेको छ ।

 बैंकले  बुधबार विज्ञप्ती जारी गर्दै नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । जीडीपीको आकार बृद्घि हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको विश्व बैंकले उल्लेख गरेकोछ ।

विश्व बैंकले  दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारण भएको जनाएको छ । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ०६ बजे