‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ –  नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपियाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुनको मूल्य प्रति तोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ४५ बजे