साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महोत्तरीबाट वेपत्ता भएका किशोरी भारतमा भेटिए

काठमाडौं । महोत्तरीबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्।

उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताए।

‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका छ,उनले भने, यहाँबाट सुरक्षाकर्मीको टोली भारत गएको छ।  सीमा नाकाबाट कसरी भारत पुगे भन्ने अनुसन्धान गरिरहेका छौं।’ उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताए।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनिहरु हिजो विहान ११ बजेतिर नजिकैको खेतमा घाँस काट्नका लागि गएका थिए । अवेरसम्म नफर्किएपछि परिवार र गाउँले मिलेर खोजी गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ०६ बजे