‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घाँस काट्न गएका ७ बालिका–किशोरी सम्पर्कविहीन

महोत्तरी।  महोत्तरीको भंगहा नगरपालिका-८ धरमपुरका ७  दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान एकसाथ खेततिर घाँस काट्न गएका ५ बालिका र २ किशोरी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बेपत्ता हुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।

उनीहरूमंगलबार  बिहान करिब ११ :०० बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए ।

मंगलबार साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागे पनि फेला पार्न नसकिएको  भंगाहा नगरपालिकाका नगरप्रमुख सञ्जीव कुमार साहले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले युवतीहरूको खोजी भइरहेको जानकारी दिनुभयो  ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ०६ बजे