‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको ध्यानाकर्षण पत्र

काठमाडौँ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराउनुभएको छ।

प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाउनु भएको पत्रमा ध्यानाकर्षण गराइएको छ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख छ ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ। नेकपा एमालेमा २० जना सांसद छन् ।  माओवादीका १३ सांसद छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १५ बजे