‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ३२ बजे