‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।  रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो । 

ओलीले भन्नुभयो ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

कार्यक्तममा बोल्नुहुँदै  प्रधानमन्त्री ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताउनुभयो । उहाँले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर सर्वोच्च अदालत पुगेकैे दिन  ओलीले उक्त प्रतिक्रिया जनाउनुभएको हो । 

‘पार्टी किन फुटाइदिएको भन्ने निर्वाचन आयोगमा गएर थपक्क पार्टी एकता गर्न कसले रोक्या छ ? एउटै पार्टी गरिपाउँ ! गर न एउटा पार्टी, गर एउटा पार्टी । अदालतले गरिदिने हो एउटा पार्टी ! पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु ।’ प्रधानमन्त्रीले भन्नुभयो,  उहाँ र म नमिल्ने अनि अदालतमा गएर  पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्ने ?’

‌ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने बताउनुभयो । उहाँले दाहाललाई मिल्ने बाटोमा नहिँडेको पनि बताउनुभयो  । उहाँले भन्नुभयो, ‘मिल्ने बाटोमा हिँठड्नुस् न । डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ? 

 ओलीले  प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिनसमेत आग्रह गनुृभयो । पहिलेको जस्तो ह्याकुलाले मिचेर हिँड्ने शैली त्याग्न उहाँले प्रचण्डलाई सुझाव दिनुभयो  ।

उहाँले भन्नुभयो  ‘अदालते नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’ उहाँले भन्न्ुभयो, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने । जुरो हल्लाको छ, हिँडेको छ । बानी बिग्रेको ।’

‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन थ्यो । एउटा समय थियो ममात्रै बोल्थेँ । तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लल्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४८ बजे