‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले निर्णय  ः प्रतिनिधिसभाको समानुपातिक सांसदमा सिराहाकी जानकी देवी राम

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।

जानकी देवी रामलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो । 

एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद हुनुहुनथ्यो । उहाँको गत वर्ष निधन भएपछि एउटा सांसद पद  रिक्त थियो ।

समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई सा‌सदकाे रुपमा  निवार्वािचत गर्न एमाले केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय  गरेको हो ।

  सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो, तर, सुनार यसयअघि नै एमाले छाडेर डा. बाबुराम भट्टराईको पार्टीमा लागेकाले उहाँको नाम बन्द सूचीबाट हटाउने निर्णय  एमालेले गरेको छ ।

जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनुहुनेछ ।  थियो। 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : १८ बजे