‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्तो छ एमाले महाधिवेशन आयोजक कमिटी, कसलाई के जिम्मेवारी ? (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले १०औँ महाधिवेशनका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक गरेको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् ।  २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली यस्तो छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ३३ बजे