‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फैसला पुनरावलोकनको माग गर्दै प्रचण्ड सर्वोच्च अदालत जाँदै

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि आज निवेदन दिने भएको छ । दिउँसो ११ बजे प्रचण्ड आफै सर्वोच्च अदालत जाने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । उहाँले कानुन व्यवसायीहरुसँगै सर्वोच्च जाने तयारी भइरहेको बताउनुभयो । 

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको थियो । 

निर्वाचन आयोगले नेकपालाई २०७५ सालमा मान्यता दिएपछि ऋषि कट्टेल आफ्नो नेतृत्वमा पहिले नै सो दल दर्ता भएको भन्दै सर्वोच्च गएका थिए । 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ५७ बजे