गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीनको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी)केदार खनालले बताउनुभयाे । 

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट डीएसपी लीलाराज लामिछानेसहितको थप प्रहरी टोली घटनास्थल पुगेका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ४७ बजे