भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौँ ।  भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आउनुभएको छ  ।

गान्धी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।नेता गान्धीले ५ दिन नेपालमा बिताउनु हुनेछ  । 

स्थानीय तहको निर्वाचनको समयमा नेता गान्धी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ  । 

उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुहुनेछ  । उहाँ पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४७ बजे