‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सेनाको हवाई हमलाबाट जोगिन म्यानमारका सर्वसाधारण थाईल्याण्डतर्फ पलायन

याङ्गुन – म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ । 

म्यानमारको सेनाले आइतबार राति तीनवटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पु¥याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको छ । उक्त संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन ।  

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । 

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन् । 

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ ।
 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ०० बजे