दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भक्तपुरमा चुनावी चहलपहल : एमाले उत्साहित, गठबन्धन निराश

भक्तपुर ।  स्थानीय तहको निर्वाचन नजिकिए सँगै दलहरूको चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तीव्र भएका छन्।

दलका नेताहरु घरघरमा भोट माग्न हिहिरेहै पनि भक्तपुरमा नेकपा एमालेको जति तिव्र अभियान अन्य दलको देखिदैन । खासगरी गठबन्धनमा आवद्घ दलहरुकाृ चनावी माहोल हेर्ने हो भने त खासै चुनाव लाग जस्तै देखिदैन । केन्द्रबाट जर्वजस्ती गरिएको तालमेलले एक दलका कार्यकर्ता अर्को दललाई भोट माग्न खासै रुची राखिरहेको देखिदैनन । उता नेकपा एमाले भने आफु विरुद्घ सत्ता गठबन्धनको एकताले असर गर्ला नभेर कम्मर कसेर चुनाव प्रचारमा एकताका साथ हिडिरहेको देखिन्छ । 

सोमबार सूर्य विनायक नगरपालिकाको वडा नं ६ कटुन्जेमा नेकपा एमाले र नेपाली कांग्रेसले पनि घरदैलो कार्यक्रम गरेको छ । सूर्य विनायक नगरपालिका स्थित गणेश मन्दिर नजिकै कांग्रेस र एमालेबीच जम्काभेट भएको थियो । दुवै पार्टीका कार्यकर्ता एकै ठाउँमा देखेपछि स्थानीयहरू आफ्नो घरबाट बाहिर निस्केर जुलुस हेर्दै थिए ।

नेपाली कांग्रेसको जुलुसमा जम्मा जम्मी २० जनाको उपस्थिति रहेको थियो भने एमालेको जुलुसमा सयौँले सहभागिता जनाएको थियो।स्थानीयहरू आज दुवै पक्ष बीच भिडन्त हुने हो की भन्दै आ-आफ्नो घरबाट हेर्दै थिए । एमालेको विशाल जुलुस देखेर कांग्रेसका कार्यकर्ता केही बेर हच्किएका थिए । तर एमालेको जुलुस आफ्नो निर्धारित तालिका अनुसार अगाडी बढ्यो र कांग्रेसका कार्यकर्ताहरू एमालेको जुलुसलाई हेर्दै थिए ।

सयौँको सङ्ख्यामा एमालेका कार्यकर्ता देखेर कांग्रेसका कार्यकर्ताहरू आफै लज्जा बोध भएको महसुस गरिरहेका थिए । सूर्य विनायकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राप्रपा समेतको गठबन्धन हुँदा पनि कार्यकर्ताको उपस्थिति नहुनु भनेको गठबन्धन दल  सबै तिरबाट तिरस्कृत भएको भान हुन थालेको छ । यसबाट सजिलै के बुझ्न सकिन्छ भने एमालेका कार्यकर्ताहरू स्थानीय तहको निर्वाचनका लागि उत्साहित छन् भने गठबन्धन दलका कार्यकर्ताहरू निराश भएर बसेका छन् ।

गठबन्धनमा सुरु देखी नै प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको विषयमा किचलो हुँदै आएको थियो । आज सूर्य विनायक नगरपालिकाको वडा नं. ६, कटुन्जेको पाण्डो बजारबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, सूर्य विनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार वासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार सुधाम केसी, वडा सदस्य पदका उम्मेदवार कृष्ण प्रसाद बजगाईँ, सुमन ध्वजु, दीपेन्द्रकला(इन्दिरा) गुरागाईँ तथा गीता परियार लगायतको सहभागिता घरदैलो कार्यक्रम गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीयवासीका साथै एमालेका सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कटुन्जेको पाण्डो बजारबाट सुरु गरिएको र्‍यालीले वडाका अधिकांश बासिन्दाहरूको घरदैलोमा पुगेर मत मागेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ०६ बजे