दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेबाट बागी उठ्ने उम्मेदवारलाई धमाधम कारबाही

बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका सबैभन्दा धेरै १५ छन् ।

पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको कारबाहीमा परेका प्रदेश कमिटी सदस्यहरूमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहनुभएको छ । उनीहरू मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी पनि दिएको बताइएको छ ।

यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ ।

पार्टीबाट टिकट नपाएपछि उनीहरूले वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर राई हुनुहुन्छ ।

यस्तै रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिनुभएको थियो ।

उम्मेदवारी दिएका सबैलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिए पनि उनीहरूले अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ०३ बजे