गठबन्धनको कारण महिलाको अधिकार खोसियो : उपाध्यक्ष पाण्डे

रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाको अधिकार खोसिएको बताउनुभएको छ ।

रत्ननगरमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला उम्मेदवार हुनुपर्ने भए पनि गठबन्धनले त्यस्तो नगरेको बताउनुभयो ।

उहाँले गठबन्धन गर्ने र उम्मेदवारी दिँदा छुट्टाछुट्टै दलबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्त गरेको अधिकारबाट महिलाहरू वञ्चित हुन परेको बताउनुभयो । 

नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाको अधिकार सुरक्षित गर्ने काम गरेको स्मरण गर्नुहुँदै उपाध्यक्ष पाण्डेले केन्द्रीय तहबाटै गठबन्धनको नाममा देशव्यापी रूपमा महिलाले पाउने अधिकार खोसिएको दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ३३ बजे