दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माओवादीबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा-२ का नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा-२ मा निर्वाचित वडा अध्यक्ष तथा पालिका सचिवालय सदस्य भविन्द्र कुमार राई नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटिले आयोजना गरेको आसन्न निर्वाचन केन्द्रित कार्यक्रम भविन्द्र राईलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य, जिल्ला इन्चार्ज तथा पूर्व शहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले स्वागत गर्नुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : १८ बजे