दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बालेन साह अन्तर्राष्ट्रिय ठग, सिर्जना सिंहलाई एक भोट पनि दिनुहुँदैन: केशव स्थापित

काठमाडौं– नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापितले आफ्ना दुई प्रतिस्पर्धीप्रति तर्कपूर्ण टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आइतबार भएको चुनावी अभियानमा स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंह मञ्चमा आउन नसकेको र बालेन शाहले ठगी गरेको टिप्पणी गर्नुभयो ।

सिर्जना सिंहबारे

सिर्जना सिंह कांग्रेसको उम्मेदवार गणेशमान–मंगलादेवीको बुहारी हो भने मञ्चमा आएर डिबेट गर्ने आँट गर्नुपर्दैन ? मञ्चमा आउन आँट नगर्नेले के काठमाडौं सुधार्छ ? त्यस्तालाई एक भोट पनि दिनुहुँदैन । गगन थापा भोट माग्न आउँछ । मैले खसी खोइ भनेपछि सिद्धियो । हिसाब देखाउनुपर्दैन उसले ? महानगरको उम्मेदवारको नारा भाञ्छा सम्हालेँ भन्ने पनि हुन्छ ?

बालेन साहबारे

बालेन साह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग रहेछ । म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्थ्यो । हैन रहेछ उ त मधेसतिरको साह रहेछ । उम्मेदवारी दर्तामै ठगी गरेको छ । म मधेसको भनेर आउनुपर्दैन ? जनतासँग सही कुरा भन्ने ताकतै रहनेछ । काठमाडौंमा ८० लाख जनसंख्या भनेर बोल्यो कम्तिमा अध्ययन त गर्नुपर्‍यो नि, बनेपासम्म गन्दा ४० लाख जनसंख्या छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ४३ बजे