दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेको विजय यात्रा गठबन्धनले रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

रत्ननगर – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा एमालेको विजय यात्रालाई रोक्न नसक्ने दाबी गर्नु भएको छ ।

रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धरमराएको बताउनु भएको हो ।

एमालेको शक्ति अझै बलियो रहेको भन्दै उहाँले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताउनु भयो । उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘विकास गर्ने एक मात्र पार्टी नेकपा एमाले हो । यो कुरा जनतालाई बुझाउनु पर्छ ।’

केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताउनु भयो । प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरूको संरक्षण गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताउनु भयो ।

कार्यक्रममा एमालेबाट वडाध्यक्षका उम्मेदवार लोकराज भुसाल, सदस्यका उम्मेदवार विष्णु थापा, अनिता भुसाल, महिला सदस्य बुधनी चौधरी, दलित महिला सदस्य गीता परियारसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ४५ बजे