दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माओवादी परित्याग गरी २ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश

रुपन्देही । नेकपा माओवादी पार्टी परित्याग गरी २ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् 

रुपन्देहीको भैरहवामा नेकपा माओवादी पार्टीका पूर्व वडाध्यक्ष पुरन भण्डारी सहित २ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्  ।

नेकपा एमालेका जिल्ला उपसचिव हितराज पन्थीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं ९ का माओवादी पार्टीका पूर्व वडाध्यक्ष पुरन भण्डारी सहित २ सय जना नेता कार्यकर्ताहरु एमालेको विचार र सिद्धान्तलाई अंगाल्ने प्रतिबद्धताका साथ पार्टी प्रवेश गरेको बताउनुभएको छ । 

नेकपा एमालेका मेयर पदका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारी, वडा नं ९ का अध्यक्ष शेषकान्त भण्डारीलाई निर्वाचनमा विजय गराउन उनीहरु घरदैलो कार्यक्रममा समेत हिँडेका थिए ।

गत स्थानीय निर्वाचनमा माओवादी पार्टीबाट वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार रहेका पुरन भण्डारीले दोस्रो स्थानको मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ३६ बजे