दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भ्रष्ट कर्मचारीलाई निस्काशन गरेर काम थाल्छु : केशव स्थापित

काठमाडौं – महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताए ।
उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भने ।

काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ५४ बजे