दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

आकाशे पुलमा उभिएर स्थापितले मुस्कानसहित भन्नुभयो– यो मेरै कार्यकालको योजना हो

काठमाडौँ । नेकपा (एमाले) का तर्फबाट मेयर पदको उम्मेदवार बन्नुभएका केशव स्थापित र उपमेयर पदको उम्मेदवार बन्नुभएकी सुनिता डंगोल शुक्रबार जमलको आकाशे पुलमा अचानक भेटिनुभयो । महानगरवासीसँग मत माग्न घर–दैलो कार्यक्रम जाने सिलसिलामा जमलको आकाशे पुलमा अचानक भेटिनु भएका निर्भीक स्वाभावका स्थापित र डंगोललाई सँगसँगै देखेपछि आकाशे पुलबाट सडक वारपार गरिरहेका मानिस समेत एकछिन टक्क उभिँएर उहाँहरुलाई निहालिरहेका थिए ।

अचानक पुलमाथि भेटिनु भएका स्थापितले केही बेर त्यहि पुलमाथि उभिएर आफू पहिलो पटक मेयर बनेका बेला महानगरपालिका क्षेत्र भित्र आकाशे पुल निर्माणको योजना अघि बढाएको जानकारी गराउनु भयो । ‘म पहिलो पटक मेयर बन्दा आकाशेपुल निर्माणको योजना अघि बढाएँ,’ उहाँले उत्साहित हुँदै भन्नुभयो, ‘आज त्यहि पुलबाट वाटो वारपार गर्दै मतदाताको घर–दैलोमा मत माग्न जाँदै गर्दा आनन्द महसुस भएको छ ।’

उहाँले आजबाट सुरु घर–दैलो कार्यक्रमलाई ३२ वटै वडामा प्रभावकारी ढंगले अघि बढाउने जानकारी पनि दिनुभयो । ‘३२ वटै वडामा हामीले जित्ने निश्चित जस्तै छ,’ उहाँले निकै उत्साहका साथ भन्नुभयो, ‘हामी मत माग्न घर–दैलामा जाँदा मतदाता उत्साहित भएको पायौँ ।’ स्थापितसँगै रहनु भएकी डंगोलले पनि घर–दैलो कार्यक्रमले थप उत्साह बढाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०७ बजे