दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ: ज्येष्ठ नागरिक

चितवन । पूर्वी चितवनको रत्ननगरमा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिए । उनीहरूले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, एक बृद्धाले भन्नुभयो ।

मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक, रत्ननगर– ९ का वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामालगायत वडा सदस्यका उम्मेदवारहरू घरदैलो कार्यक्रममा हुनुहुन्छ । कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा बोल्दै मेयर र उपमेयरका उम्मेदवार दुवाडी र पाठकले रत्ननगरलाई विकासको उचाईंमा पुर्याउन, रोजगारी सिर्जना गर्न, ग्रामीण क्षेत्रमा पर्यटन विकास गर्न र सुकुम्बासीलाई लालपुर्जा सुनिश्चित गर्न उम्मेदवारी दिएको बताउनुभयो ।

पछिल्लो पाँच वर्षको अवधिमा रत्ननगरमा ठूला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरी रत्ननगरको शहरीकरणलाई अन्तर्राष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उपमेयरका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै समृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले सुरुवात गरेका योजनालाई सम्पन्न गरेर छाड्ने बताउनुभयो ।

पूर्वी चितवनकै कालिका नगरपालिकामा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी र उपमेयरकी उम्मेदवार विमला लामाले शुक्रबार वडा न १ मा घरदैलो गर्नु भयो । वडा नं १ को अध्यक्षमा बुद्धि बोम्जनले उम्मेदवारी दिनुभएको छ । पूर्वी चितवनको चार वटै पालिकालाई एमालेको गढका रूपमा लिइन्छ । २०७४ सालको निर्वाचनमा एमालेले चार वटै पालिकामा जितेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ०७ बजे