दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

गठबन्धन कुनै पार्टी होइन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धन कुनै पार्टी नभएको बताउनुभएको छ । ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदानतथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले देशमा एउटै मात्र राजनीतिक दल भएको र त्यो एमाले रहेको बताउनु भएको हो ।

सचिव भट्टराईले भन्नुभयो ‘देशमा अहिले एउटै मात्र पार्टी छ, त्यो हो नेकपा एमाले । अर्को पार्टी छैन केवल गठबन्धन मात्र छ । गठबन्धन भनेको पार्टी होइन ।’ बहुदलीय व्यवस्थाको प्रतिस्पर्धामा जनताले पार्टी छान्ने र त्यो हिसाबले पार्टीगत प्रतिस्पर्धा गर्ने शक्ति नेकपा एमालेमा मात्र भएको वताउँदैै नेकपा एमालेका विरुद्धमा अरू कुनै दल नभएको गठबन्धन मात्रभएको पनि बताउनुभयो ।

सचिव भट्टराईले आफूलाई बहुदलीय व्यवस्थाको च्याम्पियन मान्ने नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्दा आफूलाई अचम्म लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपाली कांग्रेस प्रतिस्पर्धामा आउन खोजेको छैन । माओवादी यसको विपक्षमा हुँदा मलाई अचम्म लाग्दैन किनभने माओवादीको सिद्धान्त मूलतःबहुदलीय प्रतिस्पर्धा होइन् उसको सिद्धान्त एकदलीय व्यवस्था हो । तर नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्नु र इन्कार गर्नु आफैमा आश्चर्यजनक रहेको छ ।’

यस्तै नेपाली कांग्रेस कुनै पनि जितको मनस्थितिमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– खेलमैदान पस्दा पस्दै नेपाली कांग्रेसले आफूलाई पराजित भएको महसुस गरिरहेको छ । उहाँले नेपाली कांग्रेससँग योग्य क्याप्टेन र योग्य खेलाडी नभएको संज्ञा दिँदै एमालेसँग अलराउन्ड खेलाडी भएको बताउनुभयो ।

एमालेले गत निर्वाचनमा ३२ लाख मत ल्याएको अवको निर्वाचनमा ५० लाख भन्दा बढी लोकप्रिय मत ल्याउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : २१ बजे