दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भक्तपुरको सूर्यविनायकमा एमालेको घरदैलो अभियान सुरु

भक्तपुर । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर सूर्यविनायक नगरपालिकामा घरदैलो अभियान सुरु गरेको छ । नेकपा एमाले भक्तपुरले आजबाट विधिवत रुपमा सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोटबाट घरदैलो अभियान सुरु गरेको हो ।

नेकपा एमाले बालकोटले हनुमन्ते खोलाको पुलबाट सुरु गरेको घरदैलो अभियानमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत, सूर्यविनायक नगरपालिकाको मेयर पदका उम्मेदवार वासुदेव थापा, उप-मेयर पदका उम्मेदवार सरिता तिम्सिना भट्टराई, वडा अध्यक्ष पदका उम्मेदवार विश्वराज विष्ट, वडा सदस्य पदका उम्मेदवार सुरेश श्रेष्ठ र साइला सामा श्रेष्ठ, महिला वडा सदस्य पदका उम्मेदवार शान्ता श्रेष्ठ र दलित महिला सदस्य प्रतिमा परियार लगायतको सहभागिता रहेको थियो ।

भोट के मा ? सूर्यमा ! सूर्य कस्को ? जनताको !, ‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नाराका साथ एमालेका नेता कार्यकर्ताहरुको जनताको घरदैलोमा मत माग्न हिडेका छन् ।

विगतको निर्वाचनमा नेकपा एमालेले सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुख सहित ७ वटा वडामा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : २६ बजे