साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बुझेर सोच्नु छ मतदान गर्नलाई…….

हलो जोत्ने ठुल्ले दाइ भारी बोक्ने भुन्टेभाइ
​​​​​​​आउ सँगै मुक्तिको गीत गाउनलाई…………
बुझेर सोच्नु छ मतदान गर्नलाई……….. २

भोक मार्ने गाँस छैन बस्ने बास छैन
बोली फेर्ने दुई जिब्रेको कुनै आश छैन
फर्किँदैन गाउँको छाती चिरी जाने खोला
जन्ता ठग्ने स्वार्थी नेता भर्छन् आफ्नै झोला

दुःखी गरिब किसानको जसले दिन्छ साथ
उसैलाई सलाम ठोक्छन् मजदुरका यी हात
अब झुटो सपना छर्ने दिन गय तिम्रा…….
चप्पल पड्काइ हिँड्थ्यौ अहिले चढ्छौ गाडी चिल्ला……

हाम्रै मतले हामीलाई ठग्यो बेइमानीले छल्यो
आफ्नै घरमा आगो लगाई सरणमा चल्यो 
अझ उसकै ठुला कुरा  मैँ हुँ ठिक पो भन्छ!
जन्ता छल्न डुक्रिँदै छ हाम्ले बुझ्नै पर्छ…..

उषा खोल्छ सूर्य किरण रात छैन अब 
घर तोड्ने कुलंगारको बास छैन अब 
चिनिसक्यौँ छेपारेलाई अब झुक्किँदैनौँ
जरै उप्काई फाल्छौँ फाल्छौँ अब चुक्ने छैनौँ………..

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ३२ बजे