सत्तरी किलो गाँजासहित एक पक्राउ

चितवन / गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई आज बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो । गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ०७ बजे