दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भविष्यमासमेत फर्किन नदिने गरी कांग्रेसका ५ नेता निष्काशित !!

​​​​​​​दोलखा । नेपाली कांग्रेस दोलखाले ५ नेतालाई भविष्यमा समेत नेपाली काग्रेंस बन्न  अयोग्य ठहरिने गरी पार्टीबाट निष्काशन गरेको जनाएको छ। 

स्थानीय तह पनि निर्वाचनमा अन्य पार्टीलाई मद्दत पुग्ने गतिविधि गरेको भन्दै कांग्रेस दोलखाले पूर्वउपसभापतिसहित ५ जनालाई पार्टीबाट निष्काशन गरेको हो। 

कारबाहीमा पर्नेमा वैतेश्वर–२ निवासी पूर्व जिल्ला उपसभापति छविलाल मोक्तान, मेलुङ–४ का पूर्ववडाध्यक्ष छत्रबहादुर तामाङ, कालिञ्चोक गाउँपालिका–४ का वडा सभापति केदार कार्की, कालिञ्चोक–४ का क्षेत्रीय प्रतिनिधि यमबहादुर कार्की र कालिञ्चोक–५ का वडा सभापति सहदेव खड्का छन्। 
उहाँहरुले यस अघि नै एमाले प्रवेश गरिसक्नु भएको हो । एमाले प्रवेश गर्नुभएका उहाँहरुलाई काग्रेंसले भने यत्तिखेर कार्वाही गरेको जनाएको हो । 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०५ बजे