दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

जनकपुरमा कांग्रेस सभापति मनोज साहकाे उम्मेदवारी कायमै

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयरका  बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता मनोज साहको उम्मेदवारी कायम हुने भएको छ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ पाँच बजेसम्मको समयमा साहले  उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन्। जनकपुर उपमहानगरको कांग्रेस सभापतिबाट राजीनामा घोषणा गरेर साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका धेरै नेताहरूको दबाबका बाबजुद् साहले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्विकार गरेका हुन् ।  साह सम्पर्क कार्यालय खोलेर चुनावी प्रचारमा लागिसक्नुभएको छ। 

सत्तारूढ गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीले पाएको थियो। २०७४ को चुनावमा पनि मेयर उम्मेदवार बनेर पराजित भएका साहले उक्त  निर्णय अस्वीकार गर्दै उम्मेदवारी दिनुभएको हो । 

कांग्रेसले  बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिएपनि साहले त्यसको वास्तै नगरेका हुन् । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ३० बजे