दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

गाउँपालिकाका सवारी चालकलाई एमालेले बनायो अध्यक्षको उम्मेदवार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको सवारी चालक राजन पाइजा आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले सोही गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ।

गाउँपालिकाको सवारी चलाउने  पाइजालाई नेकपा एमालेले पालिका अध्यक्षको उम्मेदवार बनाएको हो । 

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राजनकै बाबु मेहरसिंह पाइजा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो। यस पटक बाबुको ठाउँमा छोरा राजनलाई एमालेले गाउँपालिका अध्यक्षको टिकट दिएको छ । 

बाबु मेहरसिंह अध्यक्ष रहेकाले उहाँले बडिगाड गाउँपालिकाको सवारी चालकको काम पाउनुभयो। सुरुका २ वर्ष तलबविनै गाउँपालिकाको सवारी चलाउनुभएका राजनले कोभिड १९ का क्रममा झन् बढी खटिएर काम गर्नुभयो । उहाँले कोरोना सक्रंमित बिरामीको उपचार र व्यवस्थापन तथा शव व्यवस्थापनमा स्वास्थ्यकर्मीसँगै रहेर काम गर्नुभयो । जुन कामको सबैतिरबाट प्रशंसा भयो । 

कोभिड १९ महामारी र सकंटापन्न स्थितिमा गाउँपालिकामा उनले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यही भूमिकाको मूल्यांकनस्वरुप नेकपा एमालेले उनलाई बाबु मेहरसिंहको ठाउँमा गाउँपालिकाको उम्मेदवार बनाएर थप जिम्मेवारी दिएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५६ बजे