कपिलवस्तु : एउटै पार्टीबाट मेयर  र उपमेयरमा पुरुष उठेपछि दुवैको मनोनयन खारेज

 कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ ।

कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिनुभएको थियो । 

कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरिएको  जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ४९ बजे