विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।
कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी आयोगले खारेज गरिदिएको हो । कार्कीले राजीनामा गरेको कागजात पेश गर्नुभएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँ विरुद्घ परेको उजुरी खारेज गरिदिएको हो । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।
कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए ।
उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गर्नुभएको थियो ।
प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार २ : ३५ बजे
प्रतिक्रिया