दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कारबाही स्वीकार्य छ, तर हँशिया हथ्यौडामा कुनै पनि हालतमा भोट हाल्दैनौँः कांग्रेस नेता पौडेल

चितवन ।  नेपाली कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । उहाँले हँशिया हथ्यौडा भोट नहाल्ने तर कांग्रेसको कारबाही सहज रूपमा स्वीकार गर्ने बताउनुभयो । 

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान कायम राख्नुभएको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना मन्त्री, एक जना राज्यमन्त्री र पूर्व प्रधानन्यायाधीशलाइ समेत भरतपुर पठाएर पौडेललार्इ सम्झाउने प्रयास गरेका थिए तर उनको त्यो प्रयास असफल भएको छ ।

प्रचण्ड पुत्री रेणु दाहाललाइ भरतपुरको मेयरमा दोहोर्याउन प्रचण्डको प्रस्तावमा देउवाले कांग्रेसको संगठन नै समाप्त पार्ने गरी गलत निर्णय लिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाउँदै आएका छन् । पौडेले आफूले चुनावको सामना गर्ने बताउँदै भनेका छन ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छुु । मैले हँसिया हथ्यौडामा भोट हाल्दिन भनेको हुँ। हँसिया हथ्यौडामा भोट नहाल्दा पार्टीबाट निकालिन्छ भने निस्कन तयार छु ।’

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ०८ बजे