दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

दोलखाको बैत्यश्वरमा कांग्रेसका बागी उम्मेदवार एमाले प्रवेश

दोलखा । कांग्रेसबाट दोलखाको बैत्यश्वरमा गाउँपालिको उपाध्यक्ष पदमा बागी उम्मेदवारी दिनुभएका काग्रेंसका पूर्व जिल्ला उपसभापति छविलाल मोक्तन (सानो छिवी) एमाले प्रवेश गर्नुभएको छ ।

कांग्रेसबाट बैत्यश्वर गाउँपालिकाको अध्यक्ष दाबेदार उहाँलाई पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । एमालेले उहाँको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने भएपछि मोक्तान एमाले प्रवेश गर्नुभएको हो । मोक्तान एमाले प्रवेशपछि उहाँलाई सहयोग गर्ने र एमालेबाट उपाध्यक्षमा उमेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाउने सहमती भएको एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धले बताउनुभयो ।

पार्टी प्रवेश गरेसँगै मोक्तान एमालेको आधिकारिक उम्मेदवार भएको मानन्धरले बताउनुभयो । एमाले प्रवेश गरेका मोक्तान बैत्यश्वरमा प्रभावशाली नेता मानिनुहुन्छ । गठबन्धनका नाममा पार्टीले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने कार्य गरेको भन्दै ३० वर्षे कांग्रेसको यात्रा टुंग्याएको उहाँले बताउनुभयो । उहाँलाई एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङलगायतले पार्टी प्रवेश गराउनुभएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ५५ बजे