सुनको मूल्यमा नयाँ कीर्तिमान

चुनावी प्रचारमा ११ बर्षीया बालिकामाथि करणी प्रयास : वाइसियलका जिल्ला इन्चार्ज पक्राउ

काठमाडौँ । नाबालिका माथि करणी प्रयासमा आरोपमा माओवादीका एक कार्यकर्ता प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । 

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव लक्षित प्रचार प्रसारको क्रममा ११ बर्षीया बालिकामाथि अभद्र र यौनजन्य दुर्व्यवहार गरेको आरोपमा माओवादीका कार्यकर्ता गणेश विकलाई प्रहरीले बिहीबार राती नियन्त्रणमा लिएको हो ।

माओवादीले रसुवाको कालिका गाउँपालिकामा बिहीबार चुनाव प्रचार प्रसारको कार्यक्रम राखेको थियो । चुनाव प्रचारको कार्यक्रम सकिसकेपछि सोही क्रममा पालिकाको ३ नम्बर वडामा पर्ने एउटा घरमा अभिभावक नभएको र बालिका मात्र भएको समयमा घरमा छिरेर ११ बर्षीया बालिकालाई माओवादीका कार्यकर्ता  गणेश विकले अभद्र तथा यौनजन्य दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा बयान दिएको छ ।

अभिभावक र बालिका सहितले बिहीबार राती नै कालिका प्रहरी चौकीमा विकविरुद्ध उजुरी दिएको थियो। पीडितको उजुरीका आधारमा बिहीबार नै प्रहरीले  पीडक भनिएका विकलाई राती २ः०० बजे प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

रसुवा प्रहरीका अनुसार अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । बालिकामाथि जर्वजस्त प्रयास गर्न गणेश विक पूर्व कार्यपालिका सदस्य, वाइसियलका जिल्ला इन्चार्ज समेत हुन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ०३ बजे