रसुवा – नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज तथा पालिका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गर्नुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उहाँले माओवादीबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो । तामाङसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
आज आयोजित एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई पार्टीमा स्वागत गरेका छन्।
एमाले नै शसक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङले बताउनु भयो ।
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार ९ : १२ बजे
प्रतिक्रिया