दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेसँग तालमेल गर्न आइपुग्यो नेकपा एस

काठमाडौं – नेकपा एमालेले हुम्लाको एउटा तहमा नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको छ ।

चंखेली गाउँपालिकाको उपाध्यक्ष दिएर एमालेले चुनावी तालमेल गरेको हो । अध्यक्षमा एमालेले उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनमा रहेको समाजवादीले कांग्रेस र माओवादीसँग तालमेल गर्न चाहे पनि तीन पार्टीबीच भागबण्डामा कुरो नमिल्दा समाजबादी एमालेसँग तालमेल गर्न आइपुगेको हो ।

समाजवादीसँगको सहमतिअनुसार गाउँपालिकाको अध्यक्षमा एमालेकी विमला शाही र उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीबाट प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।

चंखेलीमा माओवादी र कांग्रेसले पनि तालमेल गरेका छन् । माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ४३ बजे