मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

दाङ । यात्रुबहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । 

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : १४ बजे