काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यालय आफ्नै सुरक्षा गार्डको स्वास्थ्य स्थितिप्रति बेखवर बनेको छ । विगत २५ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन् ।
रक्त क्यान्सरबाट १५ वर्षदेखि पीडित गुरुङ सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । लामो समयदेखि क्यान्सरले ग्रसित गुरुङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कृष्णप्रसाद भट्टराई सभापति हुँदा केन्द्रीय कार्यालयमा सेवा प्रवेश गरेका गुरुङ हालसम्म पनि सुरक्षा गर्डको रुपमा कार्यरत छन । सरकारमा समेत नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पार्टीले गुरुङको उपचार चासो नदिएको गुनासो उनकी छेरी कमला गुरुङले गरेकी छिन् । उनको गुनासो अस्वभाविक पनि छैन । पार्टी कार्यालयका सचिवहरु सामान्य विरामी हुँदा पार्टीको नामबाट लाखौ रुपैयाँ खर्चिन गरेको रहस्य खुलेको छ ।
कयौँपटक जीवन मरणको दोसाधमा अस्पतालको शैयमा छट्पटाएका उनी अैषधीको साहरामा जीउँदै आएका छन् । लामो समय पार्टी कार्यालयमा काम गरेका गुरुङ पाको उमेर र अस्वस्थ शरिर भएपछि खाली हात जागिरबाट निस्कन बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन्। उनी जागिरबाट निस्कदा पार्टीले उपदानको व्यवस्था गरिदिनु पर्ने माग राख्दै आएका छन ।
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार २ : ४५ बजे
प्रतिक्रिया