दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेबाट धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दिनुभएका उम्मेदवारको यस्तो छ एजेण्डा

धनगढी । सुदूरपश्चिम प्रदेशकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि नेकपा एमालेका तर्फबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दिनुभएको छ । ३० वैशाखमा हुने निर्वाचनका लागि उम्मेदवारी दिनुभएका चन्द र राना घरदैलो अभियानमा जुटिसक्नुभएको छ । 

धनगढी उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयर तथा उपमेयर पदका लागि उम्मेदवारी दिनुभएका रण बहादुर चन्द र कन्दकला रानाको यस्ता छन् चुनाी एजेण्डा 

रणबहादुर चन्द, एमाले, मेयर उम्मेदवार

धनगढीको मेयरका लागि एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दिनुभएको छ । लामो समयसम्म एमालेका विभिन्न संगठनमा रहेर काम गरेका चन्दले अहिलेसम्म कुनै पनि जनमतमा भाग लिनुभएको छैन ।  ‘सर्वसम्मत उम्मेदवारी दिएका कारण एमाले एकढिक्का छ । धनगढीको समग्र विकासका लागि हो । अव्यवस्थित छ । लथालिंग छ । त्यसलाई सुव्यवस्थित बनाउन आवश्यक छ । एमालेको नेतृत्वले मात्रै धनगढीको विकास सम्भव छ । एमालेले समावेशी नेतृत्व पनि ल्याएको छ । सामाजिक भौगोलिक बनोटका आधारमा पनि तेतृत्व मिलेका कारण हामी सबै क्षेत्रलाई समेट्न सक्छौं,’ उहाँले भन्नुभयो । 

पहिलो पटक आमनिर्वाचनमा भाग लिन लाग्नुभएका चन्दले धनगढीको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । ‘कांग्रेसको नेतृत्वबाट धनगढीको विकास सम्भव देखिँदैन,’ चन्दले भन्नुभयो, ‘धनगढीमा बढेको भ्रष्टाचार, बेथिति हटाइ समृद्ध नगर बनाउन मैले उम्मेदवारी दिएको हु ।’ अहिले सबै दलले विभिन्न आश्वासन बाँडेर जनतालाई झुक्याउन खोजेको भन्दै उहाँले अव कसैका झुटा आश्वासनलाई जनताले नपत्याउने बताउनुभयो । उहाँले देशभर एमालेको लहर आएको भन्दै धनगढीमा पनि जनताले एमालेकै नेतृत्व चाहेको बताउनुभयो । ‘अपबित्र गठबन्धनका कारण जनता रुष्ट बनेका छन्,’ उहाँले भन्नुभयो, ‘देश विकासका लासिग एमाले नै चाहिन्छ भन्ने सवैले बुझेका छन्, त्यसैे मेरो जित सुनिश्चित छ ।’

कन्दकला राना, उपमेयर उम्मेदवार

एमालेबाट धनगढीको उपमेयरमा उम्मेदवारी दिनुभएकी कन्दकला रानाले लामो समय समाजिक क्षेत्रमा काम गरेर बटुलेको अनुभवलाई धनगढीको विकासमा प्रयोग गरिने बताउनुभयो । झन्डै १६,१७ वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेको बताउँदै उहाँले सामाजिक क्षेत्रमा काम गर्दा बटुलेको अनुभवलाई सदुपयोग गरेर न्यायोचित विकास गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । 
 
आफूले काम गर्ने मौका पाए युवा रोजगारी, जेष्ठ नागरिक हेरचाह केन्द्र, महिला उद्यमशीलता जस्ता कार्यक्रम लागू गर्दै सवैलाई समेट्ने बताउनुभयो । उहाँले घरदैलो अभियानमा जाँदा जनताको राम्रो प्रतिक्रया पाएका कारण आफ्नो जीत सुनिश्चित जस्तै बनेको बताउनुभयो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : २९ बजे