काठमाडौं – प्रा.डा. रमेश भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुहुने भएको छ ।
भट्टराईलाई आज साँझ ५ बजे यल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
भट्टराई राष्ट्रिय प्राध्यापक संगठनका कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ ।
अनेरास्ववियु र एमालेका पूर्वनेतासमेत रहनुभएका भट्टराई शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीतिर लाग्नुभएको थियो । त्रिवि पूर्वरेक्टर डा. सुधा त्रिपाठी उहाँकी पत्नी हुनुहुन्छ ।
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार २ : ०५ बजे
प्रतिक्रिया