दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सबै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । रेका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।
लामिडाँडामा वुधबार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । काग्रेंसले विपक्षीहरुसँग गठबन्धन गरी कार्यकर्ताहरु माथि अन्याय गरेको कारण पार्टी परित्याग गरी एमाले प्रवेश गरेको उहाँहरुले बताउनुभएको छ ।
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार १ : २९ बजे
प्रतिक्रिया