दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कांग्रेसमा नातावाद र व्यक्तिवाद हाबी भएको भन्दै उद्योगपति बस्नेतसहित १०१ सदस्यद्वारा पार्टी त्याग

दाङ – दाङका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित १०१ सक्रिय सदस्यले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

उनीहरुले आज कांग्रेस क्षेत्री सभापतिलाई राजीनामा बुझाउँदै कांग्रेस त्यागेको घोषणा गरेका हुन् ।

कांग्रेसमा नातावाद र व्यक्तिवादी चरित्र हाबी भएका कारण पार्टी परित्याग गर्नुपरेको बस्नेतले बताए । बस्नेत नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनी दाङका प्रतिष्ठित उद्योगपति समेत हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ०२ बजे