दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कार्यकर्ताको भविष्यको कुरा हो, उम्मेदवारी फिर्ता गर्न सकिन्न: कांग्रेसका बागी उम्मेदवार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताउनुभएको छ ।

उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताउनुभयो ।

उहाँले खाणसँगको भेटपछि भन्नुभयो, ‘उहाँहरूले उम्मेदवारी फिर्ता लिइदिनुप¥यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो । मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो । मैले एक्लै निर्णय गर्ने विषय होइन,त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ ।’

उम्मेदवारी दिने बेलेमै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलको भनाई छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ४९ बजे