दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले विराटनगरले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै चुनावमा होमियो

विराटनगर – आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकामा एमालेले चुनावी अभियान तीव्र पारेको छ ।

उम्मेदवारको मनोनयन सम्पन्न भएसँगै पार्टीका तर्फबाट प्रतिवद्धता सार्वजनिक गर्दै एमाले चुनावमा होमिएको हो । विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले १४ पृष्ठ लामो प्रतिवद्धतापत्र बुधबार सार्वजनिक गनुभएको थियो ।

प्रतिवद्धतापत्रअनुसार एमालेले विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ । वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्ध एमालेको प्राथमिकतमा परेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ०९ बजे