नेकपा एमाले सिद्धार्थनगरमा १४ सदस्यीय निर्वाचन निर्देशक समिति गठन

भैरहवा । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय चुनावलाई व्यवस्थित र सभ्य बनाउन नेकपा एमाले सिद्धार्थनगरमा निर्देशक समिति गठन गरिएको छ ।

सम्पूर्ण समिति तथा उपसमितिलाई निर्देशन दिने गरी नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन निर्देशक समिति गठन भएको हो । 

जसको सहसंयोजकमा प्रा.डा.कपिलदेव लामिछाने, सचिवमा राजेन्द्र पन्थी, सदस्यमा बालकृष्ण भट्टराई, विश्वराज बराल अनुप, पम्फावति खनाल, डा.सुराम पाण्डे, हितराज पन्थी, चोपलाल आचार्य, हरिप्रसाद अधिकारी, जीवलाल अर्याल, चक्रबहादुर थापा, अर्जुन गिरी र नारायणप्रसाद भण्डारी रहनुभएको छ ।

एमाले नेता भरतकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक परिचालन उपसमिति गठन गरेको हो । जसको संयोजकमा जीवलाल अर्याल, सदस्यमा चन्द्रमणि अधिकारी, टोपबहादुर रायमाझी, राजेश खरेल र प्रेमकुमार सेन्चुरी रहनुभएको छ। 

त्यसैगरी, अनुगमन उपसमिति नेकपा एमालेका जिल्ला उपसचिव हितराज पन्थीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यमा चोपलाल आचार्य, हरिप्रसाद अधिकारी, चक्रबहादुर थापा, अर्जुन गिरी, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली र दीपेश पछाई रहनुभएको छ ।

त्यसैगरी, नेकपा एमालेका नगर अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षतामा ८ सदस्यीय जनसङ्गठन परिचालन उप समिति गठन भएको छ । जसको सदस्यहरूमा अर्जुन गिरी, नारायण प्रसाद भण्डारी, कृष्ण मल्ल ठकुरी, पार्वती पौडेल, रामप्रसाद भण्डारी र कमल पोख्रेल रहनुभएको छ । 

त्यसैगरी, बालकृष्ण भट्टराईको संयोजकत्वमा १६ सदस्यीय बुद्धिजीवी परिचालन उप समिति गठन गरेको छ । जसको सदस्यहरूमा गितु गिरी, डिल्लीराज भट्टराई, मोतीलाल सुबेदी, तिलक लामिछाने, श्री बहादुर रायमाझी, राजु ढकाल, लक्ष्मण ज्ञवाली, कुलानन्द ज्ञवाली, राममणि भुर्तेल, जगत बहादुर रायमाझी, शेषनारायण भण्डारी, धर्मबहादुर खड्का, लोकनाथ पन्थ, शिवहरि अधिकारी र इन्द्रबहादुर खड्का रहनुभएको छ । 

त्यसैगरी, प्रचार प्रसार सामाग्री तयारी उप समिति प्रा। डा। कपिलदेव लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ जसको सदस्यहरूमा विश्वराज बराल अनुप र राजेन्द्र प्रसाद पन्थी रहनुभएको छ । 

त्यसैगरी, जीवलाल अर्यालको संयोजकत्वमा ४ सदस्यीय वडा प्रचार प्रसार उप समिति गठन भएको छ । जसको सदस्यहरूमा शिव शर्मा, धर्मराज गिरी र अर्जुन गिरी रहनुभएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : २० बजे